बैंकहरु संकटमा, राष्ट्र बैंकबाट लिए २२ खर्ब सापटी

नेपालका वाणिज्य बैंकहरुसँग लगानी गर्ने रकम पर्याप्त नहुँदा तरलता अभाव थप चर्किएको छ । तरलता अभाव चर्किएको पुष्टि बैंकहरुले राष्ट्र बैंकबाट लिएको सापटीबाट पनि हुन्छ ।

बैंकहरुले लगानी गर्ने रकम नभएपछि पटक पटक गरि राष्ट्र बैंकबाट २२ खर्ब रुपैयाँभन्दा बढी अल्पकालीन सापटी लिएका छन् ।

बैंकहरुले चालु आर्थिक वर्षको तीन महिनामा २२ खर्ब ८९ अर्ब ४१ करोड रुपैयाँ राष्ट्र बैंकसँग सापटी लिएका हुन् । राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तलता सुविधाको रुपमा यो रकम उपलब्ध गराएको हो । 

यसमा ओभरनाइट रिपो ६० अर्ब ४२ करोड बैंकहरूले लिएका छन् ।

सरकारी ऋणपत्र धितोमा बैङ्क तथा वित्तीय संस्थाले राष्ट्र बैङ्कबाट लिने अल्पकालीन सापटी नै एसएलएफ (स्थायी तरलता सुविधा) हो । सरकारी ऋणपत्रको धितो राखेर यस्तो सापटी ७ दिनसम्मका लागि लिन पाइन्छ । बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्छन् ।

नेपाल राष्ट्र बैङ्कले लगातार ७ दिन भन्दा बढी सार्वजनिक बिदा परे स्थायी तरलता सुविधाको भुक्तानी अवधि पनि थप हुने व्यवस्था गरेको थियो ।



केन्द्रीय बैङ्कले दशैं तिहार बिदामा तरलता समस्या नहोस् भनेर बैङ्क खुला बजार कारोबारसम्बन्धी कार्यविधि संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । सोही बमोजिम स्थायी तरलता सुविधाको अवधि सार्वजनिक बिदाका कारण ७ दिनभन्दा माथि गएको छ ।



  • प्रकाशित मिति : कात्तिक १४, २०७९ साेमबार १०:५५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया