आफूबिना लिग वानको सान गुम्दै गएको इब्राहिमोभिचको दाबी

स्विडिस स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले केलियन एम्बाप्पे,नेयमार तथा लियोनल मेस्सीजस्ता स्टार खेलाडी भए पनि आफूबिना फ्रेन्च लिग वानको सान गुम्दै गएको दाबी गरेका छन् ।

सन् २०१२ देखी २०१६ सम्म पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेलेका उनले सबैखाले प्रतियोगिता गरि १२ उपाधि जितेका थिए । उनले पिएसजीबाट १५६ गोल गरेका थिए । इब्राहिमोभिच हाल इटालियन सिरी ‘ए’ क्लब एसी मिलानमा छन् ।

उनले लिग वानमा आफ्नो अनुपस्थिति खट्किएको दाबी गरेका हुन् । ‘मैले पिएसजी छोडेपछि फ्रेन्च लिग वानको जुन उचाइ थियो, त्यो घट्दै गएको छ’,इब्राहिमोभिचले भने, ‘लिगको रौनकता नै छैन । र, लिग वानले आफ्नो रौनकता फर्काउन म त्यहाँ फर्कनुपर्छ ।’ 

‘तर मलाई आफ्नो स्वभाविक लयमा रहन फ्रान्स नै फर्कनुपर्छ भन्ने छैन । म फुटबलको भगवान हुँ, त्यसैले नेयमार,एम्बाप्पे र मेसीको उपस्थितिले मात्र लिग वानको रौनकता फर्किँदैन’, उनले थपे ।





  • प्रकाशित मिति : कात्तिक १४, २०७९ साेमबार ११:७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया