भारतको गुजरातमा पुल चुँडिँदा मृत्यु हुनेको संख्या १४१ पुगेको छ । बिबीसी हिन्दीका अनुसार यस घटनामा धेरै बालबालिकाको पनि मृत्यु भएको छ । आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुँडिँदा सो दुर्घटना भएको हो ।
घटनापछि उक्त क्षेत्रमा स्थानीय प्रशासनले राहत र उद्धार सुरू गरेको बताइएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत धेरै मन्त्री तथा नेताहरुले घटनामा मारिएका र घाइते भएकाहरूका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
घटनापछि झोलुङ्गे पुलबारे पनि विभिन्न जानकारी बाहिर आइरहेका छन् । पुलले ‘फिटनेस सर्टिफिकेट’ नपाएको पनि बताइएको छ । अङ्ग्रेजी पत्रिका द इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार पुल प्रयोगका लागि आवश्यक फिटनेस सर्टिफिकेट बिना नै खोलिएको हो ।
भर्खरै मर्मत गरिएको उक्त पुल केही दिन अघि पुन: खोलिएको थियो । दीपावलीको बिदाका कारण पुल हेर्नको लागि ठूलो संख्यामा मानिसहरु आएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।