नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको शासकीय स्वरुप परिवर्तन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका छन् ।
आफूहरु संविधान निर्माणताकादेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहे पनि सो समयमा निष्कर्षमा पुग्न नसकेको उल्लेख गरेका छन् ।
सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)को प्रतिबद्धता पत्र सार्वजनिक गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । सो समयमा आफूहरुले संविधान संशोधनको माध्यमबाट कार्यकारी राष्ट्रपतिको प्रणालीमा जान सकिने भन्दै असहमति राखेको पनि उले स्पष्ट पारे ।
आमजनताको पहुँचका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली राख्नुपर्ने बताउँदै उनले सबै वर्ग र समुदायको प्रतिनिधित्वका लागि स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको व्यवस्था गर्नुपर्ने पनि बताए ।
नेपालको कर्मचारी प्रशासन सुधारका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गर्नुपर्ने र न्यायपालिकाको पनि पुनःसंरचना गर्नुपर्ने उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।