त्रिभुवन विश्वविद्यालयले चुनावका लागि एकसाता बिदा दिने भएको छ । त्रिविले चुनावको समयमा जाडो बिदा समायोजन गर्ने गरी बिदा दिने भएको हो ।
प्राध्यापकहरूसँगको छलफलमा चुनावमा लामो समय बिदा दिन नहुने सुझाब आएपछि एक साता मात्र बिदा दिने योजनामा रहेको त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले बताए।
शिक्षाध्यक्ष भुसालले भने, ‘अहिले स्नातक तहमा भर्नासमेत चलिरहेको छ। त्रिविका कार्यालयमा समेत मतदान केन्द्र रहन्छन्। कतै पढाइ गर्ने र कतै नगर्ने ठीक नहुने भएकाले एक साताजति बिदा गर्छौं।’
त्रिविले १५ पुसपछि एक महिना जाडो बिदा दिने गरेको छ। प्रदेश र प्रतिनिधिसभा निर्वाचन ४ मंसिरमा हुँदै छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।