नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कात्तिक १८ गतेदेखि चुनावी सभामा सहभागी हुने भएका छन् ।
निर्वाचन आयोगले कात्तिक १७ देखि मात्रै ठूला आमसभा गर्न स्वीकृति दिएकोले एमालेले त्यहीअनुसार योजना चुनावी सभा गर्ने योजना बनाएको हो ।
अध्यक्ष ओलीले कात्तिक १८ गतेदेखि निर्वाचनको शून्य समयअघिसम्म ४१ जिल्लाका ५५ बढी आमसभालाई सम्बोधन गर्ने भएका छन् ।
दार्चुलाबाट कात्तिक १८ गते अध्यक्ष ओलीले यसपालिको चुनावी आमसभामा सम्बोधन सुरु गर्ने भएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।