एलन मस्कले स्वीकारे– ट्विटरमा नीलो टिकका लागि अब पैसा लाग्नेछ
फरकधार / १५ कात्तिक, २०७९

अमेरिकी व्यवसायी एलन मस्कले मंगलबार ट्विटरमा भेरिफाइ भएका अर्थात् निलो टिक मार्क भएकाहरुले मासिक पैसा तिर्नु पर्ने विषयमा भएको चर्चालाई स्वीकार गरेका छन् ।



ट्विटरले यसअघि प्रतिस्ठित व्यक्तिहरु तथा संस्थाहरुलाई ब्लू टिक दिँदै आएको थियो । विस्तारै ट्विटरमा भेरिफाइ हुनुलाई प्रतिष्ठाको विषय पनि मानिएको थियो ।

सोमबार विभिन्न मिडियाका रिपोर्टमा ट्विटरले यसका लागि मासिक २० अमेरिकी डलर लिनसक्ने बताइएको थियो । मस्कले ट्विटर खरिद प्रक्रिया सकाएलगत्तै यो समाचार भाइरल भएका थियो । 



अब मस्कले पनि यसलाई स्वीकार गरेका छन् । उनले एक ट्विटमा जवाफ दिँदै लेखेका छन्, ‘हामीले पनि विभिन्न बिलहरु तिर्नुपर्छ । ट्विटर केवल विज्ञापनदाताहरुमा मात्र भरोसा गरेर चल्न सक्दैन । के आठ डलरको मूल्य ठिक हुन्छ त ?’



मस्कले अर्को ट्विट पनि यसबारे लेखेका छन्, ‘म यस विषयमा अझ विस्तारमा लेख्नेछु, यो प्रक्रिया सुरु हुनुभन्दा पहिले । ट्रोल र बोट्सहरुलाई हराउने यो मात्र एक तरिका हो ।’

  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार १२:११:४८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया