नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसअघि २०७४ सालको निर्वाचनमा एमालेलाई बहुमत नभएको बताएका छन् । घोषणा पत्र सार्वजनिक कार्यक्रममा लाइभ डिबेटमा उनले ओलीलाई १२१ सिट आएको तर बाहिर बहुमत भनेर प्रचार गरिएको बताएका छन् ।
उनले चुनाव सकिए लगत्तै आफूहरुलाई सरकार बनाउन पनि अन्योलमा राखिएको बताएका छन् ।
उनले निर्वाचन आयोगबाट आफूहरुले चुनावमा पाएको परिणाम राष्ट्रपति कार्यालयमा आउनकै लागि डेढ महिना लागेको पनि बताएका छन् ।
उनले आफूहरुले अर्को पार्टीसँग मिलेर बहुमत पुराएर सरकार बनाएको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।