ओलीले भने– संसद विघटन बाध्यात्मक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन बाध्यात्मक भएको बताएका छन् । मंगलबार नेकपा एमालेले राखेको घोषणा पत्र सार्वजनिक कार्यक्रममा ओलीले संसद विघटन हुनु र दुई तिहाइको सरकार ढल्नुको कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजावादीका अध्यष माधवकुमार नेपाललाई दोष दिएका छन् । तर, कार्यक्रममा ओलीले अरु कसैको नाम लिएनन् ।

उनले आफूलाई सडकबाट नेकपाको साधरण सदस्यबाट समेत निस्कासन गरिएको बताए । नेकपा एमालेभित्र पनि त्यति बेला अराजक तत्व रहेको भन्दै ओलीले बाध्यात्मक अवस्थामा प्रतिनिधि सभा विघटन गरेको बताएका हुन् ।

उनले त्यति बेला नेकपाभित्र अराजक र अलोकतान्त्रिक कार्य गरिएको आरोप समेत लगाएका छन् ।

उनले सडकबाट समेत अराजक गतिविधि हुन थालेपछि प्रतिनिधि सभा विघटन गरेर नयाँ निर्वाचन घोषणा गर्नु पर्ने बाध्यात्मक परिस्थिति निर्माण भएको पनि बताएका छन् ।

उनले सुरुमा आफूलाई सरकार बनाउन नै नदिन प्रपञ्च गरिएको पनि बताएका छन् ।

उनले सर्वोच्च अदालतको आदेशबाट देउवा नेतृत्व सरकार बन्नु अराजक र अलोकतान्त्रिक भएको पनि कार्यक्रममा बताएका छन् ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार १५:४३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया