प्रधानमन्त्री कपमा प्रदेश १ को पहिलो जित

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले पहिलो जित हात पारेको छ । उसले आज सम्पन्न समूह बीअन्तर्गतको खेलमा बागमती प्रदेशलाई ७९ रनले हराउँदै पहिलो जित हात पारेको हो ।

३०५ रनको लक्ष्य पछ्याएको बागमतीले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै २५५ रन मात्र बनाउन सक्यो । उसका लागि नन्दन यादवले ४८ बलमा समान ३ चौका र छक्कासहित सर्वाधिक ४३ रनको योगदान दिए ।

इशान पाण्डेले ३५, रामनरेश गिरीले अविजित २८, कप्तान ज्ञानेन्द्र मल्लले २७, दुर्गेश थापाले २६, आशुतोष घिरैयाले १४ प्रतीश जिसीले १२ रन जोडे । प्रदेश १का लागि श्रवन यादवले ३, फिर्दोस अन्सारी, दीपक जोशी र सिद्वान्त लोहनीले दुई–दुई तथा लभ कामतले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले १ बल बाँकी छँदा सबै गुमाएर ३०४ रन बनाएको थियो । 

उसका लागि अंकित सुवेदीले शतकीय तथा कप्तान सिद्धान्त लोहनीले अर्धशतकीय पारी खेले । सुवेदीले १३४ बलमा १२ चौका र १ छक्कासहित ११० रनको योगदान दिए ।

लोहनीले ४० बलमा ८ चौका र ३ छक्कासहित ७२ रन बनाए । विवेक आन्नद मेहताले ३०, सोनु अन्सारीले १९, श्रवन यादवले ११ तथा निरज मुखिया र फिर्दोस अन्सारीले समान १० रन जोडे ।



बागमतीका लागि रामनरेश गिरीले पाँच  तथा नन्दन यादव, सूर्य तामाङ, प्रतिश जिसी र इशन पाण्डेले १–१ विकेट लिँदा १ विकेट रन आउटका रुपमा प्राप्त भयो ।

यो जितसँगै प्रदेश १ ले २ खेलमा २ अंक जोड्दा दुवै खेलमा पराजित बागमती अंकविहीन छ ।



  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार १६:५६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया