जनप्रतिनिधिको मोडल सेवक बन्न मेरो उम्मेदवारी : बस्नेत

मोरङ क्षेत्र नं ६ (ख)का प्रदेशसभा सदस्य उम्मेदवार पर्शुराम बस्नेतले नयाँ युगको जनप्रतिनिधि कस्तो हुनुपर्छ त्यसको मोडल आफू बन्ने दाबी गरेका छन् । 

आफ्नो क्षेत्रका मतदाताको समस्या बुझ्ने अभियानमा रहेका बस्नेतसँग सञ्चारकर्मीले गरेको अन्तक्रियामा उनले विराटनगरबाट प्रतिनिधित्व गर्दै तीनजना प्रधानमन्त्री भएपनि यस क्षेत्रको हुनुपर्ने जति विकास नभएकाले आफु जनप्रतिनिधिको मोडल बन्ने बताएका हुन् ।  

‘विराटनगर नेपाली राजनीतिको राजधानी हो, लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र ल्याउन गरिएको आन्दोलनको केन्द्र हो, सबैभन्दा पहिले उद्योग स्थापना भएकाले औद्योगिक केन्द्र पनि हो, धार्मिक र सांस्कृतिक केन्द्र हो, अहिले प्रदेशको राजधानी पनि विराटनगर हो,’ उनले भने, ‘तर जुन हिसाबले यहाँको विकास हुनुपर्ने हो त्यो हुन सकेको छैन ।’ 

सबैको केन्द्र हुँदा पनि यहाँ विकास भनेजति नभएकाले त्यसका लागि नयाँ पुस्ताको जनप्रतिनिधि चाहिएको उनले बताए । उनले भने, ‘युवा पुस्तालाई प्रतिनिधित्व गर्दै जनप्रतिनिधि कस्तो हुनुपर्छ भनेर म मोडल भएर देखाउँछु । जनताको शासक हैन सेवक भएर देखाउनेछु ।’

बस्नेतले आफूलाई यस क्षेत्रका समस्या आफैंले झेलेको बताए । उनले भने,‘मैले पनि हरेक वर्ष बाढीको समस्या भेल्दै आएको छु, बाढीले हरेक वर्ष नगरबासीहरु डुब्नुुपरेको छ ।’ उनले बाढी, वेरोजगारीलगायतका यहाँका मुख्य समस्या रहेको भन्दै आफू जनप्रतिनिधि भए ती समस्या समाधानका लागि गुरुयोजना बनाएर त्यसको समाधान गर्ने बताए ।

उनी गठबन्धनका तर्फबाट नेपाली काग्रेसका केदार कार्कीसँग मुख्य प्रतिस्पर्धामा छन् । कार्की वर्तमान प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पनि हुन् । सो क्षेत्रमा कांग्रेसका गोपाल रेग्मीले स्वतन्त्र र बिपी कांग्रेसका जर्नादन निरौलाले पनि उम्मेदवारी दिएका छन् । 



यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट लालबाबु पण्डित र नेपाली काग्रेसबाट शेखर कोइराला चुनावी मैदानमा छन् ।



  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार १७:१८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया