स्थिरतासहित विकासका लागि गठबन्धनको जित आवश्यक : शशांक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शशांक कोइरालाले राजनीतिक स्थिरताका लागि बहुमत आवश्यक भएको र आफूहरूले बहुमत पाए स्थिरतासहित विकास दिने बताएका छन् ।

नवलपुरको दलदलेमा पाँचदलीय गठबन्धनको अगुवा कार्यकर्ता प्रशिक्षणलाई आज सम्बोधन गर्दै नेता कोइरालाले बहुमत प्राप्त भएमा स्थिरता सँगसँगै विकास दिने वाचा गरेका हुन् । 

चौथोपटक नवलपुरका जनताको प्रतिनिधित्व गर्न अगाडि बढेको उल्लेख गर्दै नेता कोइरालाले यसअघिका कार्यकाल संविधान निर्माण र कार्यान्वयनका काम खर्चिएको बताए ।

अहिलेसम्म जिल्लामा स-साना काम भएको र अबको कार्यकाल विकासका लागि भएको उनले बताए । 





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार २१:५१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया