डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले पदबाट राजीनामा दिएकी छन् ।
आम निर्वाचनमा बहुमत प्राप्त गर्न नसकेपछि उनले पदबाट राजीनामा दिएकी हुन् । निर्वाचनमा फ्रेडरिकसेनको पार्टी सोशल डेमोक्र्याटले सबैभन्दा बढी मत प्राप्त गरे पनि बहुमत भने प्राप्त गर्न सकेन ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको पार्टीले २८ प्रतिशत मत प्राप्त गरेको छ । डेनमार्कमा १७९ निर्वाचन क्षेत्र रहेकोमा बहुमतका लागि ९० सिट चाहिन्छ ।
फ्रेडरिकसेनले आफ्नो पक्षमा नतिजा राम्रो आए पनि आफूले राजीनामा दिएर नयाँ सरकारका लागि बाटो खुला गरेको जनाएकी छन् । उनले आफूले भोलि रानी समक्ष राजीनामा बुझाउने र नयाँ सरकारका लागि पहल गर्ने घोषणा गरेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।