धनगढीमा चल्यो डोजर, पहिलो चरणमा सरकारी कार्यालय

धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकारभित्र रहेका संरचना खाली गर्ने अभियान सुरु गरेको छ । बुधबारदेखि उपमहानगरले डोजर चलाउन सुरु गरेको हो । धनगढीको सेती प्रादेशिक कार्यालयबाट पहिलो पटक संरचना खाली गर्न सुरु गरेको छ ।

उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन उपमहानगरले बताएको छ । ‘भदौमा सडक क्षेत्राधिकार खाली गर्नका लागि ४५ दिने सूचना जारी गरेको हो । त्यसलगत्तै दसैँ, तिहार परेको हुँदा डोजर लगाउन सुरु नगरेको हो,’ मेयर गोपाल हमालले भने, ‘अब पहिलो चरणमा सरकारी कार्यालयहरुमा डोजर चलाएको हो । दोस्रोमा संघसंस्था त्यसपछि मात्र निजी संरचना भत्काइनेछ ।’ 

उनले सकेसम्म सबैलाई संरचना आफैँ खाली गर्नसमेत आग्रह गरेका छन् । ‘आफैँले सडक खाली गरेमा क्षति कम हुन्छ’, उनले भने, ‘डोजरले भत्काउँदा धेरै क्षति हुने भएको हुँदा समयमै सडकको क्षेत्राधिकार खाली गरौँ ।’

भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार समेत गरेको थियो । सडकको विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको र सडकको दायाँ–बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घरधनीलाई पत्राचार गरेको थियो ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७९ बुधबार १५:५१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया