भारतमा किसानले पराल जलाउँदा नेपालमा प्रदूषण

भारतमा किसानले पराल जलाउँदा निस्किएको धुवाँका कारण नेपालमा प्रदूषण भित्रिएको छ ।

हरियाणा र पञ्जाबमा किसानले पराल जलाउँदा निस्किएको धुवाँ पश्चिम तराईका जिल्लामा प्रवेश गरेको हो । 

यो प्रदूषणको असर काठमाण्डौलगायत देशका विभिन्न भागमा शुक्रबारसम्म देखिन सक्ने मौसमविद्को भनाइ छ । 

भारतको हरियाणा र पञ्जाबमा किसानहरूले मेसिनले धान काट्दा परालको झन्डै डेढ फिटको ठुटा बाँकी रहन्छ । त्यसलाई किसानले खेतमै जलाउने गरेका छन् ।

पञ्जाब र हरियाणाका किसानले खेतको परालमा आगो लगाएबापत जरिबाना पनि तिर्नुपर्ने व्यवस्था छ । किसानले गहुँको बिउ छर्नका लागि जरिबाना तिरेरै पराल जलाउने गरेका छन् ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७९ बुधबार १६:४२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया