स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार नेपालमा कोरोना भाइरसका ५९ जना नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ३४ सय ४२ जनाको परीक्षण गरिएकोमा ५९ जनामा संक्रमण पुष्टि भएको हो ।
तीमध्ये १६ सय २ जनाको पिसिआर गर्दा ४६ जनामा तथा २ हजार ४० जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ५ सय ५३ रहेको छ । पछिल्लो २४ घण्टामा यो अवधिमा २१ जना संक्रमणमुक्त भएका छन् ।
सो अवधिमा ८ हजार ९ सय ४५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।