राष्ट्रिय एकताको सन्देश दिन गोरखा गएको हुँ, चुनाव जिताएर संसारलाई देखाउनु छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बताएका छन् ।

बुधबार गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको ‘निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम’मा बोल्दै अध्यक्ष दाहालले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बताएका हुन् । 

गोरखामा माओवादी पार्टीलाई रेकर्डसहित विजय गराउनुपर्ने बताउँदै उनले रेकर्डसहित जितेको नेता भनेपछि केन्द्रमा भूमिका खेल्ने शक्ति आर्जन हुने बताए । 

चुनाव जितिहालिन्छ भन्नेर ढुक्कसँग नबस्न नेता, कार्यकर्तालाई निर्देशन दिँदै उनले एक–एक मतको संरक्षण गर्न र मतलाई मतपेटिकासम्म पुर्याउन ध्यान दिन आग्रह गरे । 

जनताको घर–घरमा गएर मतदाता शिक्षा दिन आग्रह गर्दै अध्यक्ष दाहालले आफू गोरखामा चुनाव लड्न आउनु गोरखाबासीका लागि चुनौती भएको पनि बताए । 

मनोनयन दर्ता गर्न जाँदा बाजा बजाएको सम्बन्धमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेको विषय उल्लेख गर्दै उनले आफू कहाँ जान्छ, कहाँ बस्छ भन्ने कुरा माइक्रोस्कोपबाट हेरिने गरेको बताए । 



अध्यक्ष दाहालले राष्ट्रिय एकताको सन्देश दिनका लागि आफू गोरखामा गएर चुनाव लडेको बताए । 
 



  • प्रकाशित मिति : कात्तिक १६, २०७९ बुधबार १८:५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया