जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन हुँदैन : बालेन शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले इमान्दार भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । कुनै पनि कामलाई सफल बनाउन स्वच्छ र इमान्दार हुनुपर्ने उनको भनाइ थियो । 

बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धी छलफल’ कार्यक्रममा बोल्दै उनले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन नहुने धारणा समेत राखे । 

जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरुपण गराउन भ्रष्ट आचरण भएकाहरुले बाधा अवरोध पुर्याउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने मेयर शाहले बताए ।

स्थानीय सरकारलाई बलियो बनाउन सके मात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई निष्तेज पार्न सकिने मेयर शाहको भनाइ छ । 





  • प्रकाशित मिति : कात्तिक १६, २०७९ बुधबार १८:२०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया