उत्तर कोरियाले एकै दिन गर्‍यो २३ क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले एकै दिनमा कम्तीमा २३ वटा क्षेप्यास्त्र प्रहार गरेको छ । तीमध्ये एउटा क्षेप्यास्त्र दक्षिण कोरियाको सोक्चो सहरनजिकै खसेको थियो ।

यसको प्रत्युत्तरमा दक्षिण कोरिया सोलले विवादास्पद समुद्री सीमांकन रेखामा लडाकु विमानमार्फत वायुबाट जमिनमा मार हान्ने तीनवटा क्षेप्यास्त्र प्रहार गरेको थियो । पछि प्योङयाङले ६ वटा क्षेप्यास्त्र र तोपबाट १ सय वटा गोलाबारुद प्रहार गरेको थियो । 

उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले सुरु गरेको ठूलो परिमाणको संयुक्त सैनिक अभ्यासप्रति प्रतिक्रिया जनाउन क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । 

प्योङयाङले यस सैनिक अभ्यासलाई  आक्रमक र उक्साउने खालको भएको बताएको छ । 





  • प्रकाशित मिति : कात्तिक १६, २०७९ बुधबार २२:२४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया