शानदार जितका साथ लाइप्जिग च्याम्पियन्स लिगको अन्तिम १६ मा

जर्मन क्लब आरबी लाइप्जिग युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । ऊ गएराति सम्पन्न समूह ‘एफ’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा युक्रेनी क्लब शाख्तर डोनेट्स्कलाई ४–० ले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको हो ।

शाख्तरको घरेलु मैदान पोलिश आर्मी  स्टेडियममा लाइप्जिगलाई जित दिलाउन क्रिस्टोफर एनकुकु, आन्द्रे सिल्भा र डोमोनिक स्जोबोस्जलाइले एक/एक गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरूप प्राप्त भयो । 

खेलको १०औं मिनेटमा एनकुकुको गोलमार्फत लाइप्जिगले अग्रता लिएको थियो । ५०औं मिनेटमन सिल्भाले टोलीको अग्रता दोब्बर बनाए ।

६२ औं मिनेटमा स्जोबोस्जलाइले लाइप्जिगका लागि तेस्रो गोल गरे । ६८ औं मिनेटमा भलेरी बोन्डरले आत्मघाती गोल गरेपछि पाहुना टोलीले ४–० को शानदार जित निकाल्यो । 

यो जितसँगै ६ खेलमा १२ अंक जोड्दै दोस्रो स्थानमा रहेर लाइप्जिगले उपविजेत बन्दै अन्तिममा स्थान बनाउँदा पराजयसँगै समान खेलबाट ६ अंकका साथ शाख्तरले तेस्रो स्थानमा रहँदै युरोपा लिग खेल्ने भएको छ ।

यही समूहको अर्को खेलमा शीर्ष स्थानको रियल मड्रिडले सेल्टिकविरुद्ध ५–१ को फराकिलो जित हात पारेको छ । 





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार ६:४६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया