एसी मिलान च्याम्पियन्स लिगको अन्तिम १६ मा

इटालियन क्लब एसी मिलान युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । ऊ गएराति अस्ट्रियन क्लब आरबी साल्जबर्गलाई ४–० ले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको हो ।

घरेलु मैदान सान सिरोमा मिलानलाई जित दिलाउन ओलिभर जिरुडले दुई तथा राडे क्रुनिक र जुनियर मेसियसले समान एक गोल गरे ।

खेलको १४ औं मिनेटमा जिरूडको गोलमार्फत मिलानले अग्रता लिएको थियो । ४६ औं मिनेटमा क्रुनिकले टोलीको अग्रता दोब्बर बनाए ।

५७ औं मिनेटमा जिरुडले व्यक्तिगत दोस्रो गोल गरेपछि मिलान ३–० ले अघि बढ्यो । थप गरिएको समयमा मेसियसले गोल गर्दै घरेलु टोलीलाई ४–० को सहज जित दिलाए ।

यो जितसँगै ६ खेलमा १० अंक जोडेको मिलानले समूह ‘इ’ को दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाउँदा पराजित साल्जबर्गले समान खेलबाट ६ अंकका साथ तेस्रो स्थानमा रहेर युरोपा लिग खेल्ने भएको छ ।

यही समूहको अर्को खेलमा शीर्ष स्थानको चेल्सीले पुछारमा रहेको डिनामो जाग्रेबविरुद्ध २–१ को रोमाञ्चक जित हात पारेको छ । 





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार ७:४८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया