च्याम्पियन्स लिगमा सेभियाविरुद्ध सिटी विजयी

युइएफए च्याम्पियन्स लिगको आफ्नो अन्तिम खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जित हात पारेको छ । उसले गएराति समूह ‘जी’ अन्तर्गतको खेलमा स्पेनको सेभियाविरुद्ध ३–१ को जित हात पारेको हो ।

घरेलु मैदान इतिहाद स्टेडियममा सिटीलाई जित दिलाउन रिको लुईस, जुलियन अल्भारेज र रियाद महारेजले एक/एक गोल गर्दा सेभियाका लागि राफा मिरले एक गोल गरे । 

खेलमा सुरूवाती अग्रता भने पाहुना टोलीले लिएको थियो । ३१ औं मिनेटमा मिरले गोल गर्दा सेभिया १–० ले अघि बढ्यो । ५२ औं मिनेटमा लुईसले सिटीलाई १–१ को बराबरीमा ल्याए । 

७३ औं मिनेटमा अल्भारेज तथा ८३ औं मिनेटमा महारेजले गोल गरेपछि सिटीले ३–१ को सहज जित निकाल्यो ।  

यो जितसँगै ६ खेलमा १४ अंक जोडेको सिटी शीर्ष स्थानमा रहँदा पराजित सेभियाले समान खेलबाट पाँच अंकका साथ तेस्रो स्थानमा रहँदै युरोपा लिग पक्का गरेको छ । 

यही समूहको अर्को खेलमा बोरूसिया डर्टमन्ड एफसी कोपेनहेगनसँग १–१ को बराबरीमा रोकियो । 





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार ८:१६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया