धनगढी उपमहानगरपालिकाले अवैध संरचना हटाउँदै
फरकधार / १७ कात्तिक, २०७९

कैलालीको धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन थालिएको छ । बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन डोजर चलाएको हो । 



यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो । सडकको विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ–बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनीलाई पत्राचार गरेको थियो । तर घरधनीहरूले त्यसको बेवास्ता गरेपछि उपमहानगरपालिकाले संरचना हटाउन थालेको हो । 

संरचना हटाउन कार्यस्थलमा पुगेकी धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले उपमहानगरपालिकाले पत्राचार गर्दा बेवास्ता गरेकाले संरचना भत्काउन थालेको बताइन् । उनले बुधबारबाट सुरु भएको अभियानलाई निरन्तरता दिने पनि बताएकी छन् ।



मापदण्ड विपरीत बनेका संरचना हटाउने अभियान पछिल्लो समय देशव्यापीरुपमा बढ्दै गइरहेको छ । यसअघि काठमाडौं, पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाले पनि अवैध संरचनाहरुमा डोजर चलाएको थियो । 



  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार १०:३६:४२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया