६ वर्षीया बालिका बलात्कार आरोपमा युवक पक्राउ

६ वर्षीया बालिका बलात्कार आरोपमा विराटनगरबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१२ का ३८ वर्षीय सजन कामत रहेका छन् ।

पीडितका अभिभावकले प्रहरीमा दिएको जाहेरीअनुसार कामतले भाइटीकाको भोलिपल्ट घरमा कोही नभएको मौका छोपेर ६ वर्षीया नाबालिगलाई बलात्कार गरेका थिए ।

‘पीडित बालिकाको बाबुले घरको बिजुली बत्ति बिग्रेपछि कामतलाई घरमा बोलाएर उनी काममा गएका थिए । बिग्रेको बिजुली बनाइसकेपछि घरमा एक्लै रहेकी नाबालिकमाथि कामतले जवरजस्ती करणी गरे,’ पीडित बालिकाका आफन्तले दिएको जाहेरीमा उल्लेख छ ।
 
कामतले बलात्कार गरेको पीडित बालिकाले छिमेकी महिलालाई सुनाएकी थिइन् । ती महिलाले श्रीमानलाई घटनाबारे बताएपछि घटना बाहिरिएको थियो । 





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार १०:४८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया