आसन्न निर्वाचनलाई सामान्यरूपमा लिनुहुन्नँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरको निर्वाचनलाई सामान्य रूपमा लिन नहुने बताएका छन् । बिहीबार काठमाडौंको लैनचौर ब्याङ्केटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘यो निर्वाचनमा प्रतिगमनकारी र अग्रगमनकारी आमने-सामने हुँदैछौँ । हामी चाहिँ अग्रगमनकारी हौँ । उतापट्टि अर्को समूह छ, जो प्रतिक्रान्तिकारीहरूको हो,’ प्रचण्डले भने ।

आसन्न प्रतिनिधि सभा निर्वाचनमा गोरखा–२ बाट उम्मेदवारी दिएका उनले आफूले गोरखाको विकासबारे सोचिरहेको बताए । आफू गोरखाले विगतमा लगाएको ऋण तिर्न गोरखाबाट चुनाव लड्न लागेको प्रचण्डको भनाइ छ ।  ‘नेपालको इतिहासमा गोरखाले लगाएको ऋण तिर्न म गोरखाबाट चुनाव लड्दैछु,’ उनले भने ।  

उनले आफूले गोरखाबाट समृद्धिको यात्रा सुरु गर्ने प्रतिबद्धता जनाए ।   





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार ११:५०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया