दलका प्रतिनिधिले काम गर्न सकेनन् भन्ने जनआवाज चिर्न गठबन्धनको जित आवश्यक : राजेन्द्र बजगाईं

गोरखा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार एवं नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले नेपालमा राजनीतिक दलप्रति वितृष्णा उठिरहेको भन्दै नेताहरुले देशको समृद्धि र विकासमा जोड दिन आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

दलका प्रतिनिधिले काम गर्न सकेनन् भन्ने जनआवाज उठिरहेको भन्दै नेता बजगाईंले अबको गठबन्धन सरकारले नै जनआवाजलाई चिर्ने काम गर्ने बताए । पार्टीका कार्यकर्तालाई एकले अर्को पार्टीको चुनाव चिह्नमा कसरी मतदान गर्ने भन्ने संशय नलिन आग्रह गर्दै उनले ठूला नेताहरुले नै एकअर्कालाई स्विकारेपछि ढुक्क भएर मतदान गर्न आग्रह गरे । 

यो गठबन्धन आगामी दिनमा पनि लामो समयसम्म टिक्ने दाबी गर्दै उनले गठबन्धनका उम्मेदवारलाई धेरैभन्दा धेरै मत दिएर जिताउन आग्रह गरे । नेपालमा गठबन्धनका नेताहरुबाट नै विकासका कार्यक्रमले गति लिने दाबी गर्दै उनले गोरखाको विकासका लागि आफू सदैव प्रतिबद्ध रहेको बताए । 

नेता बजगाईंले गठबन्धनले नै संविधान र जनताको हकहितको सुरक्षा गर्ने बताए । 





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार १५:३५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया