जसपासँग तालमेल गरेकाेमा असन्तुष्टि पाेख्दै एमालेकी एक नेतृले राजीनामा दिएकी छिन् । नेकपा एमालेकी केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला सहइन्जार्च रीताकुमारीले बिहीबार पार्टी परित्याग गरेकी हुन् ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णयविपरीत आगामी प्रनिनिधिसभाको निर्वाचनमा गैरवैचारिक धरतालका दलहरूसँग तालमेल गरेको आरोप लगाउँदै उनले विज्ञप्तिमार्फत राजीनामाको घोषणा गरेकी हुन् ।
नाकाबन्दीका नाइके जसपा अध्यक्ष उपेन्द्र यादवसँग तालमेल गरेको भन्दै उनले राजीनामा गरेकी हुन् । नाकाबन्दीको बेलामा विरोध गरेर राष्ट्रवादी छवि बनाएका अध्यक्ष ओलीले नाकाबन्दीका नाइकेसँग तालमेल गर्नु गलत भएकाे उनकाे भनाइ छ ।
राजसंस्थगा पुनःस्थापनका गर्ने र संघीयताको खारेजीको एजेण्डा बोल्ने राप्रपासँग तालमेल गरेकोमा पनि उनले आपत्ति जनाएकी छन् । यथास्थितिवादी र प्रतिगामी तत्वहरूको साँगठाँठमा एमाले लागेको भन्दै उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामाको घोषणा गरेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।