पाकिस्तानको अल्लाह वाला चोकमा पूर्वप्रधानमन्त्री तथा पिटिआईका अध्यक्ष इमरान खानको कन्टेनरनजिकै फायरिङ भएको छ ।
बिबिसी उर्दूका अनुसार इमरान खान सुरक्षित छन् ।
त्यहाँ उद्धारकर्मीहरुले काम गर्न थालिसकेका छन्, यो घटनामा त्यहाँ चार जना घाइते भएको बताइएको छ ।
प्रहरीले एक जनालाई हिरासतमा लिएको छ ।
पाकिस्तानमा अहिले इमरान खान हकिकी आजादी मार्चमा छन् । आज यसको सातौं दिन थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।