आगामी मंसिर ४ गते हुने निर्वाचनको सुरक्षाका लागि मधेस प्रदेशमा २३ हजारभन्दा बढी म्यादी प्रहरी खटिएका छन् ।
प्रदेशका आठवटै जिल्लामा २३ हजार ७७१ म्यादी प्रहरी खटाइएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमध्ये सबैभन्दा बढी धनुषामा ३ हजार ८८६ र सबभन्दा कम पर्सामा २ हजार ७ जना म्यादी प्रहरी खटाइएका छन् ।
त्यस्तै, सप्तरीमा ३ हजार २७८, सिरहामा २ हजार ८०९, महोत्तरीमा २ हजार ८०१, सर्लाहीमा ३ हजार ३०७, रौतहटमा २ हजार ९३९, बारामा ३ हजार १४४ र पर्सामा २ हजार ७ जना म्यादी प्रहरी खटाइएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुमनकुमार तिमलसिनाले जानकारी दिए ।
यस प्रदेशमा २३ हजार ७७१ म्यादी प्रहरीका लागि ६२ हजार भन्दा बढीले आवेदन दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।