पाकिस्तान गोली काण्डः इमरान खानलाई लक्षित थियो गोली

पाकिस्तानको गुजराँवालाको अल्लाहवाला चोकमा पूर्वप्रधानमन्त्री तथा पिटिआई अध्यक्ष इमरान खान भएनजिकै गोली चलेको छ । 

पाकिस्तानका मिडियाअनुसार गोली इमरान खानलाई लक्षित प्रहार गरिएको थियो ।

घटनामा उनी घायल भएका छन् । उनको खुट्टामा गोली लागेको बताइएको छ । घटनामा सांसद फैसल जावेद पनि घाइते भएका छन् ।

घटनामा चार जना घाइते भएको बताइएको छ । त्यहाँको प्रहरीले गोली चलाएको आशंकामा एक जनालाई गिरफ्तार गरेको छ । तर, उनले नै गोली चलाएका हुन् भन्ने पुष्टि भएको छैन ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार १७:३८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया