साफ यु-१५ : नेपालकाे फराकिलाे जित

बंगलादेशमा जारी साफ महिला यु-१५ च्याम्पियनसिपमा नेपालले फराकिलाे जित हात पारेकाे छ । नेपालले आजसम्पन्न खेलमा भुटानविरुद्व ७-०काे फराकिलाे जित हात पारेकाे हाे ।

ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा नेपाललाई जित दिलाउन वर्षा ओलीले चार, सुक्रिया मियाँले दुई तथा सेनु परियारले एक गाेल गरे ।

खेलकाे पहिलाे मिनेटमै वर्षाले नेपाललाई अग्रता दिलाएकी थिइन् । १७औं मिनेटमा उनैले टाेलीकाे अग्रता दाेब्बर बनाइन् ।

३४औं मिनेटमा वर्षाले ह्याट्रिक पूरा गर्दा नेपाल ३-०ले अघि बढ्याे ।३५औं  मिनेटमा उनैले व्यक्तिगत चाैथाे गाेल गरेपछि टाेलीले पहिलाे हाफमै ४-० काे आरामदायी अग्रता बनाएकाे थियाे ।

६५औं मिनेटमा सुक्रियाले गाेल गर्दा नेपाल ५-० ले अघि बढ्याे । ६७औं मिनेटमा गाेलरक्षक दीक्षा राईले राताे कार्ड बेहाेर्दै मैदान छाडेपछि भुटना १० खेलाडीमा समेटियाे ।

७२औं मिनेटमा सुक्रियाले व्यक्तिगत दोस्रो तथा टाेलीका लागि छैटौं गाेल गरिन् । ८५औं मिनेटमा सेनुले गाेल गरेपछि नेपालले ७-० काे फराकिलाे जित निकाल्याे ।



याे जितसँगै विजयी सुरूवात गरेकाे नेपालले तीन अंक जाेड्दा लगातार दोस्रो पराजय बेहाेरेकाे भुटान अंक विहिन छ । उसले आयोजक बंगलादेशसँगकाे पहिलाे खेल ८-०ले गुमाएकाे थियाे 



  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार १८:२७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया