डा. तोसिमाको उम्मेदवारी खारेजीका लागि आयोग पुनः अदालत जाने

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन आयोगले पुनः अदालत जाने तयारी गरेको छ । 

डा. कार्की लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले १२ कात्तिकमा उनको उम्मेदवारी खारेज गरेको थियो । आयोगको निर्णयविरुद्ध डा कार्की अदालत गएकी थिइन् । 

सर्वोच्च अदालतले १५ कात्तिकमा उनको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको थियो । 

मेडिकल काउन्सिलको सदस्य लाभको पदभित्र पर्ने निष्कर्षका साथ आयोग डा. कार्कीको उम्मेदवारी खारेजीको माग राख्दै अदालत जाने भएको हो ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार २१:२७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया