युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले रोमाञ्चक जित हात पारेको छ । गएराति सम्पन्न खेलमा उसले रियल सोसिडेडविरुद्ध १–० को रोमाञ्चक जित हात पारेको हो ।
युनाइटेडको जितमा अलेजान्ड्रो गार्नाचोले निर्णायक गोल गरे । उनले खेलको १७ औं मिनेटमा गरेको गोल युनाइडेटको जितका लागि पर्याप्त भयो ।
समूह ‘इ’ मा रहेको युनाइटेड दोस्रो स्थानमा छ । उसले ६ मध्ये पाँचमा जित र एक खेलमा मात्र हार बेहोरेको छ । शीर्ष स्थानमा रहेको रियलले पनि पाँचमध्ये एकमा हार र पाँच खेलमा जित हात पारेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।