एमालेको चुनावी अभियान आजदेखि, सम्बोधन गर्न दार्चुला जाँदै ओली

आसन्न आम निर्वाचनका लागि नेकपा एमालेले आज दार्चुलाबाट चुनावी अभियान सुरु गर्दैछ । चुनावी अभियान सुरु गर्न एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार साँझ धनगढी पुगिसकेका छन् । 

आफ्नो नेतृत्वमा सरकार बनेको बेला नेपालको छुटेको भूभाग समेटिएर नक्सा जारी भएको विषयलाई चुनाबी एजेण्डा बनाएको एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार ओलीले दार्चुलाको सदरमुकाम खलंगामा आयोजित जनसभालाई सम्बोधन गरेर राष्ट्रव्यापी चुनावी यात्राको आरम्भ गर्नेछन् ।

ओलीले आजै बैतडी र कञ्चनपुरमा आयोजित सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । चुनावी अभियानका क्रममा ओली ४० वटा जिल्लामा पुग्ने गरी कार्यक्रम तय भएको छ ।  

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा एकै चरणमा हुँदैछ । 





  • प्रकाशित मिति : कात्तिक १८, २०७९ शुक्रबार ७:५४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया