टी–२० विश्वकपमा ह्याट्रिक लिने ६ बलर

आयरल्याण्डका तीव्र गतिका बलर जोश लिटिलले अस्ट्रेलियामा जारी टी–२० विश्वकपमा न्युजिल्याण्डविरुद्ध ह्याट्रिक पूरा गरेका छन् । उनले १९औं ओभरको दोस्रो बलमा केन विलियमसनलाई  डेलानीबाट क्याच तेस्रो र चौथो बलमा जेम्श निसम र मिचेल सान्टनरलाई एलबिडब्लू गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।  

लिटिल जारी विश्वकपमा ह्यािट्रक लिने दोस्रो बलर हुन् । यसअघि युएईका स्पिनर कार्तिक मयप्पनले  श्रीलंकाविरुद्ध ह्याट्रिक लिएका थिए । त्यस्तै,टी–२० विश्वकपमा ह्याट्रिक लिने उनी आयरल्याण्डका कर्टिस क्याम्फरपछि दोस्रो तथा समग्रमा छैटौं बलर हुन् । 

टी–२० विश्वकपमा ह्याट्रिक लिने बलर

अस्ट्रेलियाका ब्रेट ली टी–२० विश्वकपको इतिहासमा ह्याट्रिक पूरा गर्ने पहिलो बलर हुन् । उनले सन् २००७ मा भएको विश्वकपको पहिलो संस्करणमै बंगलादेशविरुद्ध यो उपलब्धि हात पारेका थिए । 

लीले शकिब अल हसनलाई एडम गिलक्रिस्टबाट क्याच, मशरफ मोर्तजालाई बोल्ड तथा आलोक कपालीलाई एलबिडब्ल्यू आउट गराएका थिए । 

गत वर्षको टी–२० विश्वकपमा मात्र तीन ह्याट्रिक भए । आयरल्याण्डका कर्टिस क्याम्फर,श्रीलंकाका वानिन्दु हसरंगाले तथा दक्षिण अफ्रिकाका कागिसो रबाडाले ह्याट्रिक लिएका थिए । 



क्याम्फरले नेदरल्याण्ड्सका कोलिन एकरम्यानलाई नील रकबाट क्याच,रायन टेन डोस्चेट र स्कट एडवर्ड्सलाई एलबिडब्ल्यू तथा रोइलोफ भ्यान डर मर्वेलाई बोल्ड आउट गराएका थिए । उनी टी–२० विश्वकपमा लगातार चार विकेट लिने एक्लो बलर हुन् । 

हसरंगाले दक्षिण अफ्रिका एडन माक्ररकलाई बोल्ड, तेम्बा बावुमालाई पथुम निसान्का तथा ड्वेन प्रिटोरियसलाई भानुका राजपाक्षबाट क्याच गराउँदै ह्याट्रिक पूरा गरे । 



रबाडाले इंग्ल्याण्डका क्रिस वोक्सलाई एनरिच नोर्खिया,इयोन मोर्गनलाई केशव महाराज तथा क्रिस जोर्डनलाई डेभिड मिलरबाट क्याच गराएका थिए । 

मयप्पनले श्रीलंकका भानुका राजापाक्षलाई काशिफ दाउद तथा चरिथ अस्लंकालाई वृत्य अरविन्दबाट क्याच र  दाशुन सनकालाई बोल्ड आउट गराउँदै ह्याट्रिक पूरा गरे ।

  • प्रकाशित मिति : कात्तिक १८, २०७९ शुक्रबार १२:२५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया