देउवाविरुद्ध डडेल्धुरामा एमालेको समर्थन कर्ण मल्ललाई

नेकपा एमालेले डडेल्धुरामा कर्ण मल्ललाई नै समर्थन गर्ने भएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध मल्ललाई समर्थन गर्ने भन्दै त्यहाँ एमालेले कुनै उम्मेदवारसमेत उठाएको छैन । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको समर्थन मल्ललाइ नै रहेको बताएका छन् ।

महेन्द्रनगरको चुनावी सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यसअघि डडेल्धुराको एमालेले विज्ञप्ति निकालेर आफूहरुले मल्ललाई समर्थन नगर्ने जनाएको थियो ।

तर, त्यो विज्ञप्ति आधिकारिक नभएको ओलीले बताएका हुन् ।

पहिले नेपाली कांग्रेसमै रहेका मल्लले देउवाको विरोध गर्दै कांग्रेस बिपीबाट आफ्नो राजनीति सुरु गरेका छन् ।





  • प्रकाशित मिति : कात्तिक १८, २०७९ शुक्रबार १८:५२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया