मुख्यमन्त्री नबन्ने भएपछि आम आदमी पार्टी छाडेर कांग्रेस फर्किए इन्द्रनिल

भारतको गुजरातका वरिष्ठ नेता इन्द्रनिल राजगुरु आम आदमी पार्टी छाडेर फेरि भारतीय कांग्रेस फर्किएका छन् । यसअघि उनले अप्रिलमा कांग्रेस छाडेर आम आदमी पार्टी रोजेका थिए । 

अब गुजरातमा हुने निर्वाचनमा आफूलाई मुख्यमन्त्रीको उम्मेदवारका रुपमा आम आदमी पार्टीले प्रोजेक्ट नगरेकाले उनले आम आदमी पार्टी छाडेका हुन् ।

आम आदमी पार्टीले त्यहाँ इसुदान गढवीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको छ ।
 

गुजरातमा १ डिसेम्बर र ५ डिसेम्बरमा निर्वाचन हुँदैछ । ८ डिसेम्बरमा निर्वाचन परिणाम सार्वजनिक गर्ने भनिएको छ ।





  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार ५:४७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया