गठबन्धनलाई भोट माग्न बाबुराम भट्टराईको ‘केटाकेटी’ ट्विट

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सामाजिक सन्जाल ट्विटरमा निकै सक्रिय छन् । झन्, पछिल्लो समय निर्वाचन नजिकिँदै जाँदा उनी ट्विटरमा अझ बढी सक्रिय हुँदैछन् ।

यहीबीच शनिबार विहान भट्टराईले सत्ता गठबन्धनका दलहरुलाई मत माग्न एउटा ट्विट गरेका छन् ।

गाउँघरमा केटाकेटीले गर्ने जोकजस्तो लाग्न सक्छ, भट्टराईको यो ट्विट । किनकि उनले गठबन्धनका दलहरुको चुनाव चिन्हलाई जोडेर ट्विटरमा भोट मागेका छन् ।

उनले ट्विटरमा लेखेका छन्– चर्को घामले सताइरहेको वेला हॅसिया बोक्ने किसान, हथौडा बोक्ने मजदूर र कलम समात्ने वुद्धिजीवी ठूलो रूखको छायाँमा बसेर चियाको गिलासमा चिया खाँदा जुन आनन्द आउॅछ, त्यसलाई सम्झेर भोट हालौं १

डा. भट्टराई बौद्धिक नेतृत्वको पनि नेतृत्व गर्ने नेताका रुपमा धेरैले चिनेका छन् । तर, उनले जसरी यो ट्विट गरेका छन्, यसले उनकै फलोअर्सहरुले समेत उनीमाथि प्रश्न उठाएका छन् ।



सामाजिक सन्जाल ट्विटरमा नै उनले यो ट्विट लेखेको केही समयमा नै एक जना उनका फलोअरले लेखेका छन्, ‘३ कक्षामा फेल भएको मान्छे जस्तो ।’



  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार ६:१५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया