गठबन्धनले बहुमत ल्याएर स्थिर सरकार बनेपछि विकासको लहर आउँछ : शशांक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार डा. शशांक कोइरालाले आगामी मंसिर ४ गतेको निर्वाचनपछि पनि गठबन्धनको सरकार बन्ने दाबी गरेका छन्।

नवलपुरको रजहरमा आज वाम लोकतान्त्रिक गठबन्धनको क्षेत्रीय निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्दै नेता कोइरालाले निर्वाचनमा गठबन्धनका उम्मेदवारले जित्ने र त्यसपछि ५ वर्ष गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताएका हुन्। 

कार्यक्रममा कोइरालाले संविधानमाथि भइरहेको निरन्तर प्रहार रोक्नका लागि बनेको गठबन्धनले अबको पाँच वर्षसम्म निरन्तरता पाउने बताउँदै मंसिर ४ गतेपछि बन्ने गठबन्धनको सरकारले विकास र समृद्धिको ढोका खोल्ने दाबी गरे। 

नवलपुर क्षेत्र नं १ बाट चौथोपटक निर्वाचनमा होमिएका कोइरालाले अबको नवलपुरमा महत्वपूर्ण योजनाहरू सञ्चालन हुने तथा जिल्लालाई प्रदेशकै आर्थिक केन्द्रका रुपमा विकास गरिनेसमेत बताए।

कार्यक्रममा गैंडाकोटदेखि त्रिवेणी जोड्ने नारायणी करिडोर, त्रिवेणी भन्सारको स्तरोन्नति, त्रिवेणी कोरोला सडक आयोजना, ट्रमा सेन्टर, बिपी अन्तर्राष्ट्रिय खेलग्राम, नमुना सदरमुकाम  कृषिमा आधुनिकीकरणजस्ता महत्वपूर्ण योजना अबको पाँच वर्षभित्र सम्पन्न गरेर जिल्लालाई समृद्ध जिल्लाका रुपमा विकास गरिने कोइरालाले बताए।

कोइरालाले स्थिरताका लागि बहुमत आवश्यक भएको र अबको निर्वाचनबाट बहुमत आउने दाबी गर्दै स्थिर सरकार बनेपछि विकासको लहर आउने दाबी गरे।





  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार १६:२०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया