सुकेश चन्द्रशेखरले भने– केजरीवालसँग हयात होटलमा भेट भएको थियो, ५० करोड मागेका थिए

दिल्लीको मंडोली जेलमा रहेका सुकेश चन्द्रशेखरले सत्येन्द्र जैनमाथि जसरी गम्भीर आरोप लगाएका थिए, उनले अब दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि पनि त्यस्तै गम्भीर आरोप लगाएका छन् ।

उनले एउटा चिठी लेखेर सनसनीखेल दाबी गरेका छन् ।

उनले लेखेकोे चार पन्ने चिठीमा केजरीवालले उनीसँग ५० करोड रुपैयाँ लिएको आरोप लगाएका छन् । अनि राज्यसभाको सिट अफर गरेको पनि दाबी गरेका छन् ।

उनले आफू देशको सबैभन्दा ठूलो ठग भएको भए केजरीवालले किन राज्यसभाको सिटको अफर गर्दै आफूसँग ५० करोड रुपैयाँ लिएको भन्दै प्रश्न गरेका छन् ।

उनले २०१६ मा केजरीवालसँग हयात होटलमा भएको डिनर पार्टीको पनि उल्लेख गरेका छन् । केजरीवालले आफूसँग आम आदमी पार्टीमा जोडिएर ५ सय करोड जुटाउन अनुरोध गरेको पनि उनले दाबी गरेका छन् ।





  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार १६:२३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया