ओलीको पार्टीले जनता झुक्यायो : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमाले पार्टीले झुटको खेती गरेर जनता झुक्याउने काम गरेको आरोप लगाएका छन् । शनिबार सुनसरीको घुस्कीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै मन्त्री कार्कीले उनले जनता झुक्याउँदै आएको बताए । गठबन्धनका तर्फबाट सुनसरी ४ को प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार रहेका कांग्रेस नेता कार्कीले ओलीले संविधानप्रदत्त अधिकार कुण्ठित गर्ने काम गरेको बताए । 

केपी ओलीले प्रधानमन्त्री हुने बित्तिकै चुनावमा जनतासामु गरेका वाचा पूरा गर्न छाडेर संविधानप्रदत्त अधिकार कुण्ठित गर्ने कार्यमा जुटेको मन्त्री कार्कीले आरोप लगाए । 

‘नेपालमा एउटा पार्टी छ, नेकपा एमाले भन्ने जुन पार्टीले नेपाली जनतालाई सधैँ झुटो, पूरा नहुने सपना देखाएर नेपाली जनतामा नैराश्यता ल्याउने काम गर्दछ,’ कांग्रेसले जे बोल्छ त्यो गर्ने दाबी गर्दै उनले भने, ‘नेकपा एमाले भन्ने पार्टी जे बोल्छ, त्यो गर्दैन । जे भन्छ, त्यो बोल्दैन ।’ 

नेपाली कांग्रेसले बोलेका कुरा गर्ने भन्दै मन्त्री कार्कीले आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन आग्रह गरे । अहिले गठबन्धनको संस्कृतिलाई अझ बढाएको र यो गठबन्धनले नेपालको विकास गर्ने उनको दाबी थियो । 





  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार १६:५५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया