बंगलादेशमा जारी साफ महिला यु-१५ च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेकाे छ । नेपालले आज सम्पन्न खेलमा घरेलु टाेलीलाई १-० ले हराउँदै लगातार दोस्रो जित निकालेकाे हाे ।
ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा खेलकाे ८७ औं मिनेटमा वर्षा ओलीले गरेकाे एक मात्र गाेल नेपाललाई जित दिलाउन प्रर्याप्त बन्याे ।
साफ यु-१५ मा नेपालले पहिलाेपटक बंगलादेशलाई हराएकाे हाे । यसअघिका तीन भेटमा नेपाल पराजित भएकाे थियाे ।
याे जितसँगै दुई खेलमा ६ अंक जाेडेकाे नेपाल शीर्ष स्थानमा उक्लिँदा पहिलाे हार बेहाेरेकाे बंगलादेश समान खेलबाट तीन अंकका साथ दोस्रोमा छ ।
पहिलाे खेलमा दुवै टाेलीले भुटानलाई हराएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।