रेणु दाहालसँग भोट मागे रवि लामिछानेले

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवनमा नेकपा माओवादी केन्द्रकी नेता तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसँग भोट मागेका छन् । 

दाहालले आज भएको भेटमा लामिछानेलाई जितका लागि अग्रिम शुभकामना दिएकी छिन् ।

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार भएका लामिछानेले भोट माग्दै दाहालको घरमा पुगेका थिए । 

तर, रेणुले आफू क्षेत्र नम्बर २ को मतदाता नभएको स्पष्ट पारिन् । उनले जितका लागि रवि लामिछानेलाई शुभकामना चाहिँ दिइन् । 

रवि लामिछाने रेणुसँग मत माग्न श्रीमती निकिता पौडेलसँग पुगेका थिए ।





  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार १९:३९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया