नक्कली एलन मस्क

ट्विटरले अष्ट्रेलियामा हिन्दीका प्रोफेसर रहेका इयान वुलफोर्डको एकाउन्ट सस्पेन्ड गरेको छ । इयानले शनिबार विहान आफ्नो ट्विटर एकाउन्टमा केही यस्ता परिवर्तन गरेका थिए जसका कारण उनको एकाउन्ट सस्पेन्ड भएको हो ।

उनले आफ्नो नाम र बायो फेरेर ट्विटरमा मालिक एलन मस्कको नाम र बायो राखेका थिए । अनि उनले आफूलाई ठ्याक्कै ट्विटरमा नयाँ मालिक एलन मस्कको जस्तै गरेका थिए ।

त्यसपछि उनले हिन्दी र भोजपुरीमा लगातार ट्विट गरेका थिए । 

कतिपय नेपाली प्रयोगकर्ता पनि यसका कारण अचम्ममा परेका थिए । उनको एकाउन्ट भेरिफाइड भएकाले पनि मानिसहरु अचम्ममा परेका थिए ।





  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार १९:५२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया