ट्रम्प फेरि हुन चाहन्छन् अमेरिकी राष्ट्रपति, छिट्टै उम्मेदवारी घोषणा गर्ने

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०२४ मा अमेरिका हुने राष्ट्रपतिको निर्वाचनका लागि तयारी गरिरहेका छन् । उनी फेरि अमेरिकी राष्ट्रपति हुन चाहेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

उनले पछिल्ला कार्यक्रमहरुमा आफ्नो सम्बोधनमा पनि आफू राष्ट्रपतिको उम्मेदवार हुन लागेको बताएका छन् ।

उनले आफूलाई देशलाई सफल र सुरक्षित तथा गौरवशाली बनाउन मन लागेकाले फेरि निर्वाचनमा होमिन मन लागेको बताएका छन् ।

अमेरिकी मिडियाहरुले ट्रम्पले १५ नोभेम्बरसम्ममा आफ्नो उम्मेदवारी घोषणा गर्न सक्ने सम्भावना रहेको बताएका छन् । सन् २०२० मा ट्रम्प जो बाइडेनसँग पराजित भएका थिए । 

तर, ट्रम्पले आफूलाई जालझेल गरेर हराइएको बताउँदै आएका छन् । ​​

ट्रम्पले उम्मेदवारी घोषणा गरेमा २०२४ मा जो बाइडेन र उनको प्रतिस्पर्धा हुने सम्भावना रहेको बताइन्छ ।





  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार २०:२९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया