रुसको एक क्लबमा आगलागी, १३ जनाको मृत्यु

रुसको कोस्त्रो सहरमा रहेको एक क्लबमा आगलागी हुँदा कम्तिमा पनि १३ जनाको मृत्यु भएको छ । 

क्लबमा कति जना थिए भन्नेबारे अहिलेसम्म एकिन तथ्यांक आएको छैन । त्यहाँबाट २५० जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको जनाइएको  छ।

क्लबमा एक व्यक्तिले गोली चलाउँदा यो आगलागी भएको रुसी मिडियाले जनाएका छन् । प्रहरीले ती व्यक्तिलाई गिरफ्तार गरेको छ ।

घटनाबारे थप जानकारी आएको छैन । 





  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार २२:३४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया