श्रीलंकन क्रिकेटर दनुष्का गुणथिलका बलात्कार आरोपमा पक्राउ

श्रीलंकान क्रिकेटर दनुष्का गुणथिलका बलात्कार आरोपमा पक्राउ परेका छन् । बीबीसीका अनुसार उनी अस्ट्रेलियाको सिड्नीबाट पक्राउ परेका हुन् ।   

गुणथिलकालाई प्रहरीले सिड्नीको एक होटलमा २९ वर्षीया महिलासँगै पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । क्रिकेट समीक्षक रेक्स क्लेटेन्टाइनले सामाजिक सञ्जालमा उनी बलात्कार आरोपमा शनिबार पक्राउ परेका उल्लेख गरेका छन् । 

गुणथिलका तीन हप्ता अगाडि घाइते भएका थिए । त्यसपछि उनको स्थानमा अशेन भन्डारालाई विश्वकप टोलीमा बोलाइएको थियो । यद्यपि टिम व्यवस्थापनले  गुणथिलकालाई स्वदेश फर्काउनुको साटो टोलीसँगै राखेको थियो ।  





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार ९:३१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया