भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीनजिकै भएको दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का २७ वर्षीय पुण्यबहादुर बोहराको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका बोहराको उपचारको क्रममा गठ्ठाघरस्थित नागरिक अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त थिमीले जनाएको छ ।
काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ६३३५ नम्बरको मोटरसाइकललाई गएराती सवा १० बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।