ओलीतन्त्रबाट मुलुकलाई मुक्त गर्न गठबन्धन बन्यो : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले वर्तमान सत्ता गठबन्धन कम्तीमा पाँच वर्षसम्म कायम रहने बताएका छन् । रोल्पामा लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

ओलीतन्त्रबाट मुलुकलाई मुक्त गर्न गठबन्धन बनेको पुनको भनाइ छ । उनले ०७४ को निर्वाचनबाट जनताले स्थिरता र विकासका लागि मत दिए पनि तत्कालीन प्रधानमन्त्री एमाले अध्यक्ष केपीको घमन्ड र अहंकारका कारण पाँच वर्ष खेर गएको बताए ।

पुनले निरंकुश चरित्रका ओलीमा आफैँ सर्वेसर्वा भएको, मात चढेको र पार्टीभित्र विरोध भएपछि दुईपटकसम्म संसद विघटन गरेको टिप्पणी गरे ।

‘पाँच वर्ष एक ढंगले खेर गयो । हामीले समयको सदुपयोग गर्न सकेनौँ । अघि हिँड्ने मानिस सही ढंगले हिँडेन र बाटो बिरायो भने अरूले दुःख पाउँछ । अघि हिँड्नेले घमण्ड गर्दा अरूले दुःख पाए । सरकार भनेको देशको अभिभावक हो । प्रधानमन्त्री र सरकार चलाउने दलको अध्यक्षका हैसियतमा केपी ओलीले मति बिगार्नुभयो । उहाँमा निरंकुशता र व्यक्तिवादको भूत सवार भयो । म एक्लैले दुनियाँ थामेको छु जस्तो गर्न थाल्नुभयो,’  उनले भने ।   





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार १०:१९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया