विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु

विभिन्न स्थानमा भएको फरकफरक सवारी दुर्घटनामा चारजनाको मृत्यु  भएको छ । बाँकेको डुडुवा गाउँपालिका–५ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँस्थित शिवराजपुर बस्ने विमल घर्तिकी छोरी ३ वर्षीया दुर्गा घर्तीको शनिबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  त्यस्तै, पाल्पाको पूर्वखोला गाउँपालिका–४ मंगलामा लु.४ त ७१९८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक पूर्वखोला गाउँपालिका–२ राक्से बस्ने २२ वर्षीय कमल रानाको घटनास्थलमै मृत्यु भएको छ ।

यस्तै, सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुरस्थित सडकमा डिएल ४ सिए ०१९७ नम्बरको गाडीको ठक्करबाट सोही ठाउँ बस्ने हरिन्द्र पासवानकी छोरी २ वर्षीया सुधा कुमारीको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै,  भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली चोकमा प्रदेश ३-०२-०१२ प ६३३५ नम्बरको मोटरसाइकल रेलिङमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । शनिबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–२ घर भई भक्तपुर गठ्ठाघर बस्ने २७ वर्षीय पुण्य बहादुर बोहरा रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नागरिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार १२:५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया